चितवन । अमेरिकामा अध्यनरत भरतपुरका दाजु बहिनीले आज गामबेशिको चेपाङ संरक्षण केन्द्रमा आस्रित चेपाङ बालबालिकाहरुलाई स्टेसनरी सामाग्री सहयोग गरेका छन । भरतपुरका युगल गौतम र युगारिका गौतमले आज केन्द्रमा आयोजित कार्यक्रममा करिब ४०,००० रु चालीस हजार बराबरको स्टेसनरी , लत्ताकपडा एबं खेलकुद सामाग्री सहयोग गरेका छन कार्यक्रममा पत्रकार एबं केन्द्रका सल्लाहकार रबि रोषी , पन्चकन्या माबी जिरौनाका शिक्षक तिर्थराज सुवेदी , लक्ष्मी गौतम , कलावती गौतम सुवेदी , साबित्रा पौडेल , बिश्वराज पाण्डे , सार्थक पाण्डेको उपस्थिती रहेको थियो ।

कार्यक्रममा युगल गौतमले केन्द्रका लागी आगमी दिनमा पनि सहयोग गर्ने बताउनु भयो भने केन्द्रका अध्यक्ष केपि किरण शर्मा सहयोगीहरु प्रती आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !