काठमाडौँ । एबी इन्टरनेशनलद्वारा काठमाडौँको बिजी मलमा आयोजीत निशुल्क स्वास्थ्य शिविर , रक्तदान तथा भोजन कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

पुर्व मन्त्री शंकर भण्डारीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा सर्व साधरणको उल्लेखनीय उपस्तिथि देखिएको थियो ।

प्रमुख अतिथि भण्डारीले ” कोरोना महामारीको कारणले गर्दा बजारमा रगतको अभाव भईरहेको बेलामा यो टिमले यस्तो कार्यक्रम चलाउनु एकदमै सरहानिय भएको बताएका छन । ”

निशुल्क स्वास्थ्य शिविरमा ३ सय जना , रक्तदान कार्यक्रममा सय जना र निशुल्क भोजन कार्यक्रममा २ सय ४५ जनाको उपस्थिति रहेको टिमका आयोजक बताएको छ ।

चिरायु नेशनल हस्पिटलको दक्ष चिकित्सकहरुद्वारा सबै सर्वसाधारणलाई नाक , कान , घाटि लगायत सुगर , पेसर जस्ता समस्याहरुको चेकजाँच गरि औषधि पनि निशुल्क रुपमा वितरण गरिएको थियो ।

असिम युथ कल्बका सदस्यहरुको उपस्थितमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस !