महेश भण्डारी, माडी । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले गाडेको झण्डा र व्यानर प्रहरीले हटाइदिएको छ ।

आज दिउँसो माडी नगरपालिका-२, पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी (प्रा.)लि. ले गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) चितवनका नेता कार्यकर्ताहरूले कब्जा गरेको दावी गर्दै झण्डा र ब्यानर गाडेर गएका थिए । झण्डा गाडिएको एक घण्टा नबित्दै प्रहरीले हटाएको हो ।

व्यक्तिको नीजि जग्गा कोहि कसैले अनाधिकृत तवरबाट कब्जा गर्नु गैरकानुनी रहेको भन्दै ईलाका प्रहरी कार्यलय माडीले झण्डा र ब्यानर हटाइएको माडीका प्रहरी प्रमुख झलक शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !