महेश भण्डारी, माडी । माडीको पौहारी गाउँमा ट्वान्टीवान ग्रुप प्रपर्टी (प्रा.) लि.ले गरेको प्लटिङको जमीन नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले कब्जा गरेको छ ।
मोहन बैद्य नेतृत्वको सो पार्टीले माडी-२, पौहारीस्थित ट्वान्टीवान ग्रुपको प्लटिङमा झण्डा र ब्यानर टाँगेर जमीन हडपेको जनाएको छ । पार्टीका केन्द्रीय सदस्य घननाथ सापकोटा विकास र जिल्ला सेक्रेटरी अशोक शर्मासंगै चितवन जिल्लास्तरका नेता कार्यकर्ताहरुको सहभागीतामा एक संक्षिप्त कोणसभा मार्फत सो प्लटिङको जमीन कब्जा गरेको घोषणा गर्नुभयो ।

जग्गा खण्डिकरण गरी प्लटिङ गरिएको आरोप लगाउँदै थप खण्डिकरण भए अझै सशक्त प्रतिबाद गर्ने समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !