कैलाली । कैलालीमा बृद्धभत्ता बुझ्न पुगेका एक जनाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–८ का ७६ वर्षीय नरबहादुर साउदको भत्ता बुझ्न वडा कार्यालय आएका बेला मृत्यु भएको हो ।

वडा नम्बर ८ का अध्यक्ष दीर्घ ठकुल्लाका अनुसार ती बृद्ध अस्वस्थ भएपछि केहीबेर चौतारामा आराम गरिरहेका थिए। उनलाई उपचारका क्रममा स्वास्थ्य चौकी लैजाने तयारी गरिरहेका बेला उनको मृत्यु भएको ठकुल्लाले बताए ।

बैंकमा लाइन लाग्नुपर्ने भएपछि सहजताका लागि वडा कार्यलयबाटै भत्ता दिने गरिएको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस !