चितवन । चितवनमा पछिल्लो २४ घण्टामा १४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४० जना मात्रै संक्रमणमुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या २ हजार २३६ पुगेको छ । जसमध्ये दुई हजार १सय ६ जना संक्रमित होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस !