चितवन । श्रावण १५ अर्थात खिर खाने दिन काे अबसर पारेर असाह्यय बृद्ध कल्याण समाज रत्ननगर १३ अमिलियामा आश्रित बृद्धबृद्धालाई खिर खुुवाउने कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । लियाे क्लब अफ रत्नगरले आयोजना गरेको कार्यक्रममा १४ जना बृद्धबृद्धाकाे सहभागिता रहेको थियोे । २०५९ सालमा स्थापना भएको आश्रममा हाल चितवन, नवलपरासी, नुवाकोट, धादिङ, गाेर्खा, लमजुङ र वाग्लुङका गरि १२ जना बृद्धबृद्धा रहेका छन । लायन्स क्लब अफ चितवन राइनोसिटिका अध्यक्ष निरन्जन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक सन्दर्भ खनाल, क्लब कि सचिब रेनुका ढकाल, आश्रमका सचिब गोकर्ण  खनाल, लियाे क्लबका बिदुर खनालले बाेल्नु भएको थियाे भने सौजन्य लायन्सका पुर्ब अध्यक्ष बिष्णु पौडेलले गर्नुभएको थियो। लियाे क्लबका अध्यक्ष मुक्तिनाथ सुबेदिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । स्व.माता पिता रामचन्द्र खनाल र भुवन देबि खनालकाे सम्झनामा रत्ननगर ३ शान्तिचोक निवासी छाेरा बुहारी मनहरी खनाल र शशिकला खनालले रत्ननगर १३ मा रहेको असाहाय बृद्ध कल्याण समाजकाे अक्षय कोषमा रु पचास हजार एकसय पच्पन्न सहयाेग गर्नु भएको छ । सो रकम शुक्रबार समाजकि अध्यक्ष उमा सापकोटा लाई हस्तान्तरण गर्नु भएको हाे ।

प्रतिक्रिया दिनुहोस !