गिता पगेंनी, चितवन ।  रत्ननगर-१३, माधबपुरका महिलाहरूले सामुहिक लगानीमा सुपथ किराना पसल बिहिबारबाट सञ्चालनमा ल्याएका छन । जनकल्याण कृषि नमुना महिला कृषक समूहद्वारा सञ्चालित समुहमा ५१ जना महिलाहरूको सहभागीता रहेको छ । प्रमुख अतिथि रत्ननगर नगरपालिका कि उपप्रमुख बिमला दुवाडीले पसलको उद्घाटन गर्नुभएको थियो । हाल पसलमा खाध्यान्नका सामानबाट सुरु गरिएको र भाबि दिनहरूमा दुग्धजन्य परिकार, गाई, भेैसी, कुखुराका लागि दाना चाेकर पनि राखिने समुहकि अध्यक्ष उमा सापकोटाले बताउनुभयो ।         कार्यक्रममा रत्ननगरका पशु बिकास अधिकृत सालिकराम पौडेल, जनहित शहकारीका प्रतिनिधि नरहरि पुरि,बसमुहका सल्लाहकार प्रकाश बाबू खनाल, समुह कि सचिव सुनिता बगाले वडा नम्बर २का वडा अध्यक्ष तिलक पौडेल लगायतले मन्तव्य राखेका थिए । समुहकि अध्यक्ष उमा सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । पसलमा २० लाख रुपैयाकाे लगानी रहेकाे छ। हाल सो  पसलमा २ जना कर्मचारी कार्यरत रहेका छन् । 

प्रतिक्रिया दिनुहोस !