काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललालाई आइतबार बिहानसम्म मन्त्रीको सूची दिन अनुरोध गरेका छन । बिहीबार दिउँसो नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले नेता नेपाललाई सो आग्रह गरेका हुन ।

सरकार गठनको तीन साता हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको अवस्थामा प्रचण्डले छिटो मन्त्रीको नाम दिन अनुरोध गरे । उनले नेता नेपालसँगको भेटमा सरकार विस्तारमा भएको ढिलाइले नकारात्मक सन्देश गएको भन्दै चाँडो निर्णय लिन आग्रह गरेको स्रोतले बताएको छ। प्रधानमन्त्री देउवा भोलि या आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गरिसक्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस !