दमक । झापा जिल्लाको दमकमा मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

सुरुङ्गामा हेवन होटलका संचालन गर्दै आएका पूर्णबहादुर विष्ट र उनीकी पत्नी हिमा विष्टको दुर्घटनामा मृत्यु भएको हो । सुनसरीको इटहरीबाट झापाको सुरुंगातर्फ जाँदै गरेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो ।

मंगलवार राति साढे १० बजे दमक चिया बगानमा मोटरसाईकलमा रहेका होटल हेवनका संचालक ४३ वर्षीय पूर्णबहादुर र उनकी श्रीमती ३६ वर्षीया हिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू सवार मोटरसाईकललाई ट्रकले ठक्कर दिएको थियो । उनीहरूको घाइते अवस्थामा उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !