काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाख २० गते गण्डकी प्रदेश प्रमुख शेरचनलाई हटाएर सीता पौडेललाई पठाएको थियो । लुम्बिनी प्रदेश प्रमुख यादव भने २०७६ कात्तिक १८ गते प्रदेश प्रमुख नियुक्त भएका थिए ।

नवनियुक्त प्रदेश प्रमुख द्वय चितवन निबासी हुन ।  शेरचन माओवादी नेता हुन भने गुरुङ नेपाली काङ्ग्रेसका नेता हुन ।

प्रतिक्रिया दिनुहोस !