काठमाडौं । सरकार पक्षीय गठबन्धनले तीन प्रदेशका प्रमुख हटाउने तयारी गरेको छ ।

सरकारले प्रदेश नम्बर २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रमुखलाई हटाउन लागेको गठबन्धनका एक नेताले जानकारी दिए ।

आज बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गर्ने ती नेताले बताए । मन्त्रिपरिषद् बैठक ३ बजेका लागि बोलाइएको छ ।

ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ मा राजेश अहिराज, गण्डकी प्रदेशमा सीता कुमारी पौडेल र लुम्बिनी प्रदेशमा धर्मनाथ यादवलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !