हङकङ । गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङको नवनिर्बाचित कार्यसमितिको एक कार्यक्रमका बिच पद बहाली गरिएको छ । सन २०२१-२३ का लागि निर्बाचित अध्यक्ष गोकर्ण ढकाल नेतृत्वको कार्य समितिलाई सपथ ग्रहण गराई पदबहाली गरिएको हो ।
सो समितिको उपाध्यक्षमा बिजयकुमार गुरुङ र अनु राई, महासचिव डिल्लीराम विश्वकर्मा, सचिव ज्ञानेन्द्र थापा, कोषाध्यक्ष दिब्य थापा, सह- कोषाध्यक्षमा अर्जुन गौचन निर्बाचित भएका थिए । त्यस्तै महिला संयोजक कविता गुरुङ, युवा संयोजकमा असिम राई निर्बाचित भएका थिए । त्यसैगरि सदस्य हरुमा आकाश बन्जारा, श्यामकुमार श्रेष्ठ, बिश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा निर्बाचित भएका थिए । सो कार्यक्रममा निबर्तमान अध्यक्ष टीका गुरुङ (राधिका) लाई सम्मान तथा बिदाई गरिएको थियो ।
सो समितिका अध्यक्ष सहित पदाधिकारी र सदस्य सहित सबै निर्बिरोध निर्बाचित भएका हुन । को निर्बाचन समितिको प्रमुख निर्वाचन आयुक्त हेजेन राई र निर्वाचन आयुक्त हेम लिम्बू तथा देवबहादुर गुरुङ रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !