चितवन। भेरोसेल खोप लगाउन छुटेका लक्षित समूहसहित अन्यलाई खोप बितरण आज साउन ११ बाट शुरु हुँदैछ। स्वास्थ्य कार्यालय चितवनले साउन १ देखि ३ गतेसम्म भेरोसेल खोपको अभियानमा विशेष कारणले छुटेकाहरुले साउन ११ देखि १३ गतेसम्म खोप लगाउन सक्नेछन् ।

सातै पालिकाको स्वास्थ्य शाखाहरुले खोप लगाउने मिति र ठाउँको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य कार्यालय चितवनले सम्बन्धित पालिकाका वडाहरुले तोकेको ठाउँमा छुटेका लक्षित समूहलाई खोप लगाउन अनुरोध गरेको छ ।
चितवनका सबै पालिकाहरुले सूचना जारी गरी खोप लगाउने मिति र स्थान सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !