चितवन। घाँघर खोलाको पानी कटानबाट तल्लो कान्तिपुरमा रहेको बैकुण्ठेश्वर एकीकृत कृषि फर्म (प्रा.लि) को माछा पोखरीमा ठुलो असर पुर्‍यो ।

मध्यपूर्वी माडीमा रहेको घाँघर खोलामा पानी कटान गर्दा करिब १२ गठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीमा पालेको ३५ क्विन्टल माछा नस्ट गरेको छ । उक्त कृषि फर्म युवा व्यवसायी कृष्ण दाहाल, सुवास सुनार, शुसिल देवकोटा र निशान पौडेलले स्थापना गर्नुभएको थियो ।

घाँघर खोलामा आएको ठुलो बाढीले १ सय ३० मिटर जमिन कटान गर्दा पोखरीको डिल भत्काएको युवा व्यवसायी दाहालले जानकारी दिनुभएको थिए ।

प्रतिक्रिया दिनुहोस !