काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २ हजार ९७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १३ हजार ६९८ र एन्टिजेन विधिबाट ३ हजार ६१० एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ९७७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ७ लाख ३० हजार १४६ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६७८ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख ३९ हजार ३६८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेको छ ।
हालसम्म १३ लाख १२ हजार १२ जनाले पूणर् खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६७९ जना पुगेको मन्त्रालयले जनाएको छ ।