चितवन । मुलुकभित्र भएका बालबालिका बलत्कारका घटनालाई केन्द्रविन्दूमा राखेर सुष्मा ठकुरीले नयाँ गीत ‘सानी’ लिएर आएकी छन ।
समाजमा छोरीप्रतिको विभेदसँगै छोरीहरु मार्ने र अधिकार नपाउने काम भइरहेको विषयलाई उनले गीतमार्फत उतारेकी छन् । समाजमा छोरीहरुको अधिकार स्थापित गर्न सकिने एउटा सांगीतिक अभियान भएको समेत बताएकी छन् ।  https://m.youtube.com/watch?v=-rxR5u6rjrI&feature=youtu.be
सुष्मा ठकुरीको शब्दमा अर्जुन सापकोटाले तयार पारेको संगीतमा शर्मिला गुरुङ, सुष्मा ठकुरी र अर्जुन सापकोटाको आवाजमा रहेको यो गीतले समाजको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ । यस गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् भने कुमार रानाले मिक्सिङ गरेका छन् ।
यस गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोमा रोश्नी कार्की, सुष्मा ठकुरी, प्रज्ज्वल मल्ल, हरि थापा, खेम बा, गोमा न्यौपाने र बालकलाकार सुखुको अभिनय रहेको छ । सीता पराजुलको मेकअप रहेको यो भिडियोलाई राजेश घिमिरेले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !