पुजा ढकाल, चितवन । पुर्बी चितवनको कालिका नगरपालिका वडा नं -११ को दुर्गम गाउँ दौतिसका चेपाङ बस्तीमा टिम चैनपुरका युवाहरुले खाद्यान्न सहयोग गरेका छन ।

कोरोनाको समयमा ‘सेवा नै धर्म हो’ भन्ने मुल नाराका साथ टिम चैनपुरले हिजो उक्त सहयोग गरेको थियो । टिम चैनपुरका संयोजक बिज्ञान न्यौपानेका अनुसार उनीहरुले दौतिस गाउँमा बसोबास गर्ने ४० चेपाङ परिवारलाई प्रति घर १५ केजी चामल, नुन, आलु, दाल, तेल, साबुन, सोयाबिन, चाउचाउ, विस्कुट र भुजा गरि करिब ४५ हजार बराबरको खाद्य सामाग्री वितरण गरेका हुन् ।

विज्ञान न्यौपाने, प्रज्वल रिजाल, पारस भुर्तेल र बिनोद पाण्डेको अगुवाईमा शुरु भएको टिम चैनपुरको उक्त राहात वितरण कार्यक्रमले चेपाङ परिवारमा खुशी छाएको छ । यस अगाडी पनि कालिका नगरपालिकाका र रत्ननगर नगरपालिकाका विभिन्न वडामा उनीहरुले खाद्यान्न वितरण गरेका थिए ।

उनीहरूले सुरु गरेको उक्त अभियानलाई निषेधाज्ञामा मात्र नभई आगामी दिनमा पनि निरन्तर दिदै समाजमा परिवर्तन ल्याउन भुमिका खेल्ने संयोजक न्यौपानेले कालिका दैनिकलाई बताए ।

प्रतिक्रिया दिनुहोस !