काठमाडाैँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको पक्षमा मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमबार ललितपुरको तुलसी स्मृति प्रतिष्ठानमा बसेकाे केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन विपरित देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरुले पार्टीलाई धोका दिनेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहेका छन् ।

त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन ।

प्रतिक्रिया दिनुहोस !