काठमाडौं । केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गठन गरेको ‘भूमि आयोग’ खारेज भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को वैठकले आयोग खारेज गर्दै आयोगको केन्द्र र जिल्लास्थित सम्पुर्ण संरचना बन्द गर्नै निर्णय गरेको हो ।

नेकपा (एमाले) का नेता देवी ज्ञवालीको नेतृत्वमा रहेको आयोगमा सदस्यहरु जगतबहादुर देउजा, भीमबहादुर कार्की, मञ्जली शाक्य बज्राचार्य, बिक्रम यादव, गोपाल गुरागाईं, जगदेव यादव, केशव देवकोटा, एकबहदुर राना मगर, शोभा राम बस्नेत, बुद्धि प्रसाद शर्मा, अगस्त राज अधिकारी र ऋषिराम तिवारी रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस !