काठमाडौं । जसपाका अध्यक्ष महन्थ ठाकुरको एउटै निर्णयले ‘एमाले बरिष्ठ नेता’ माधवकुमार नेपाल समुहमा आठ रेक्टरको भूकम्प गएको छ । पार्टीलाई सकेसम्म क्षती पुर्याएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा आठ मन्त्रालय लिने र अन्तिम पटक मन्त्री खाएर अर्बाैं जोहो गर्ने माधवको सपनामाथि महन्थको निर्णयले पानी खन्याइ दिएको हो ।

सर्वाेच्च अदालतले गरेको निर्दलीयताको फैसलाको आडमा पार्टीलाई गद्दारी गर्ने, देउवालाई विश्वासको मत दिने र धेरैभन्दा धेरै मन्त्री पद हात पार्ने माधव समुहको योजना रहेको थियो तर अव त्यो योजनामा ठूलो धक्का लागेको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत लिने बेलामा जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले देउवालाई समर्थन गरेको छ । महन्थ खेमाको समर्थनसँगै देउवालाई पूर्ण बहुमत मिलेको छ ।

यसअघिसम्म देउवाले माधव नेपाल समुहको भर पर्नुपरेको थियो । जसपाको महन्थ खेमा विपक्षमा रहेको बेला माधव समुहले समर्थन नगरेको भए देउवाले विश्वासको मत पाउन सम्भव हुँदैनथ्यो । अर्थात्, विश्वासको मतको चाबी माधव नेपाल समुहको हातमा थियो । जसपाको महन्त समुहले समर्थन गरेपछि देउवालाई माधव गुटको समर्थन नभए पनि पुगेको छ । माधव समुहले यो अवस्था आउने कल्पनै गरेको थिएन । आफूहरु बिना देउवाले विश्वासको मत पाउन सक्दैनन् भन्ने विश्वाससाथ माधव नेपाल चल्नुभएको थियो । त्यही अनुसार मन्त्रिमण्डलमा ठूलो भाग पनि माग्नुभएको थियो ।

अब भने पासा पल्टिएको छ । माधव समुहबिनै बहुमत पुग्ने भएपछि त्यसको असर मन्त्रिमण्डल निर्माणमा देखिने छ । यो समाचार तयार पार्दासम्म माधव गुटतिर लागेर एमालेलाई गद्दारी गर्ने सांसद्को संख्या १५ भन्दा धेरै नहुने देखिएको छ । अर्थात, ३४ सदस्यीय जसपाभन्दा धेरै सानो आकार माधव समुहको छ । सोही कारण मन्त्रिमण्डलमा भागवण्डा हुँदा माधव समुहले जसपाभन्दा थोरै सिट पाउनेछ । अर्थात दयाको पात्र बन्ने छ माधव समुह । janatatimes

प्रतिक्रिया दिनुहोस !