हङकङ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङको नेतृत्वमा गोकर्ण ढकाल निर्वाचित भएका छन् । वर्तमान कार्यसमितिमा महासचिवको जिम्मेवारीमा रहेका ढकाल आउँदो २०२१–०२३ कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरिएको हो। आइतबार निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा कुनै पदमा दोहोरो उम्मेदवारी परेको छैन ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्मा पाएका छन् ।

त्यसैगरी सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन् । नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन् ।

यस्तै सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा निर्वाचित भएका छन् । हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् । नयाँ कार्यसमितिको पदावधि दुई वर्षको रहनेछ । संघको अधिवेशन २५ जुलाइमा हुँदैछ । अधिवेशनपछि मात्रै नयाँ कार्यसमितिले सपथ खानेछ ।

 

प्रतिक्रिया दिनुहोस !