चितवन । पूर्वी चितवनको विपन्न वस्तीहरूमा खाद्यान्न र नगद सहयोग गरिएको छ । कोरोना कहरका कारण छाँक टार्न समस्यामा परेका एकल महिला, सुत्केरी महिला, वृद्धवृद्धा, अपाङ्ग, रिक्सा चालक र विपन्न घरपरिवारका  गरि कुल १५ सय ५१ घर परिवारलाई एक बोरा चामल (जिरा मसिनो), दाल ४ किलो र क्वाटी ३ किलो सहित नगद रू. ५ सय सहयोग गरिएको हो ।
त्यस्तैगरि कोरोनाले निधन भएका रत्ननगरका ४ र कालिकाका ३ सहित ७ घरका बिपन्न परिवारलाई पनि बिषेश प्याकेज अन्तर्गत हिजो प्रती परिवार ३ बोरा चामल १२ किलो दाल, ९ किलो क्वाटी र १५ सय रुपैया नगद सहयोग गरिएको थियो । कोरोना कहरबाट समस्यामा परेका रत्ननगर र कालिका नगरपालिकाका विभिन्न क्षेत्रका बासिन्दालाई सो सहयोग गरिएको हो ।

अ ड्रप अफ लाईभ हङ्गकङ्गको आयोजना तथा कम्युनिटी रिसोर्स सेन्टर (सिआरसी नेपाल) को समन्वय र नेवाज मल्टिपरपोज सोसाइटी रत्ननगरको सहयोगमा सो कार्यक्रम भएको थियो ।
सस्थाले गत जेष्ठ २९ गतेदेखि साउन २ गतेसम्म लगातार बिपन्न बस्ती हरुमा सहयोग उपलब्ध गराउदै आएको नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठले कालिका दैनिक अनलाइनलाई जानकारी दिनु भयो ।
हिजो कालिकाको खोलेसिमल बजारमा २५ बिपन्न परिवार र कालिका वडा नं.१ का २८ घरपरिवारलाई पनि सोही अनुसारको सहयोग गरिएको थियो । संस्थाले अशक्त एवम् वृद्धवृद्धा हरूलाई घरमा नै लगेर सो सहयोग सामग्री उपलब्ध गराएको थियो । सिआरसी नेपालका संस्थापक अध्यक्ष डा. विश्व पौडेलको विशेष पहलमा सो सहयोग उपलब्ध गराइएको थियो । हाल सो संस्थाका अध्यक्ष सुवास बराल रहनु भएको छ ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा नेवाज मल्टिपरपोज सोसाइटीका अध्यक्ष तथा सिआरसी नेपालका महासचिव देवेन्द्र कुमार श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो । उहाँले सो कार्यक्रमहरुको संयोजकत्व गर्नु भएको थियो ।

कार्यक्रममा सिआरसी नेपालका सोहेन्द्र राज खरेल, मणिराज चौधरी, चित्रराम चौधरी, शर्मिला श्रेष्ठ, सिर्जना श्रेष्ठको उपस्थिति रहेको थियो । त्यस्तै गरी नेवाज मल्टिपरपोज सोसाइटीका रविन जोशी, दिनोज श्रेष्ठ, सुरेन्द्र मानन्धर, दिलप श्रेष्ठ, गोविन्द श्रेष्ठ, कृस श्रेष्ठ, डिआइ श्रेष्ठ, हेमराज वाडे श्रेष्ठ, निविस श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, सुमित श्रेष्ठ, रोमस श्रेष्ठ, रसिक श्रेष्ठ, रविन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ,  पुर्ब राष्ट्रिय फुटबल खेलाडी सुर्यमान श्रेष्ठ (कालू दाइ) लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले खाद्यान्न वितरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !