काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको परमादेशअनुसार सांसदहरु स्वतन्त्र रहेको भन्दै कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने बताएका छन् ।

राष्ट्रिय सभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सोसरह हुने भन्दै ह्वीप लगाउन नहुने बताए । ‘कुनै पनि दलले आफ्ना सांसदलाई स्वविवेकीय अधिकार दिनुपर्छ, सांसदहरु स्वतन्त्र छन्’ उनले भने ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरिसकेपछि एमाले एकता अघि बढ्ने पनि बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र सहभागी भएको एमाले स्थायी कमिटीको आइतबार बिहान बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिन निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आइतबार विश्वासको मत लिंदैछन् ।

प्रतिक्रिया दिनुहोस !