काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद भीम रावलले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको अनैतिकमा साथ दिन नसक्ने जनाउँदै प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टी एकताको पक्षमा १० बुँदे सहमति कार्यान्वयन गर्न लागे पनि माधव नेपालबाटै सहयोग नभएको भन्दै रावलले देउवालाई विश्वासको मत दिनु भन्दा सांसद पदबाट राजीनामा दिएर दबाब सिर्जना गर्न खोजेको बताइएको छ । रावलले भने, ‘म पार्टी एकताको पक्षमा उभिएँ तर अनैतिक राजनीति हुन थाल्यो । यो खेलबाट अलग हुनलाई राजीनामा दिँदैछु । मलाई साथीहरूले रोक्न खोजे पनि मेरो निर्णय राजीनामा दिने हो ।’

 

प्रतिक्रिया दिनुहोस !