बागलुङ । बागलुङको जैमिनी नगरपालिका वडा नम्बर १० सिप्रिङमा ४ महिने शिशु खाल्डोमा गाडिएको अवस्थामा शनिबार मृत फेला परेको छ ।
सप्रिङकी स्थानीय २६ वर्षीय महिला सम्झना नेपालीको घर नजिकैको बारीमा खनियाको रुख मुनि ४ महिनाको पुरुष जस्तो देखिने शिशु रातो कपडामा बेरी गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
गाडिएको अवस्थामा शिशु फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीको टोली घटना स्थल पुगेको हवारीको भनाई छ । उक्त बच्चा कसले गाडेको भन्ने नखुलेको र अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि स्थानीय सम्झना नेपालीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याएको सूचना अधिकारी हवारीको भनाई छ । मृत शिशुलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !