काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको लिनुहुने भएको छ । विश्वासको मतका लागि आज कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीद्धारा सभामुखमार्फत सङ्घीय संसद् सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।

पुनः स्थापित प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनुहुने संसद सचिवालयको कार्यसूचीमा उल्लेख गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आजै कार्य व्यवस्था परामर्श समितिको बैठक समेत बोलाउनुभएको छ ।

सर्वोच्च अदालतको फैसल्ला पछि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका देउवालाई विश्वासका मतका लागि संसद्मा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ । कांग्रेस र माओवादीसँग १ सय १० सांसद हुनुहुन्छ । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गर्नुभएको थियो अहिले यो सङ्ख्या बढेर १७ पुगेको बताइन्छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै हुनुहुन्छ । त्यो अवस्थामा अझै प्रधानमन्त्री देउवालाई थप ८ सांसद आवश्यक पर्ने देखिन्छ । नेकपा एमालेको माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु भएको थियो । त्यही हस्ताक्षरका कारण संसद् पुनर्स्थापना भई देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएपनि उहाँको पक्षमा उक्त समूहले मतदान गर्ला नगर्ला टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस !