चितवन । पुर्बी चितवनको खैरहनी नपा ८ पर्सा चोकस्थित पुर्व पश्चिम राजमार्गमा सडक दुर्घटना हुँदा १ युवातीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना ८ ख ३०२४ को तेल ट्याङ्करले बिपरित दिशाबाट जाँदै गरेको ना ४४ प ५१२२ को मोटर साईकललाई ठक्कर दिदा मोटरसाईकल  चालक रत्ननगर ३ वस्ने सुबास चौधरी सामान्य घाईते भएका छन भने मोटरसाइकल पछाडी सवार खैरहनी नपा १० बस्ने वर्ष २३ कि सृजना चौधरी गम्भीर घाईते भई उपचारको लागि दुबै जनालाई पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा सृजना चौधरिको आज साझ ६:४५ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।  सवारी साधन र चालक प्रहरी नियन्त्रणमा रहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !