चितवन । पुर्व पश्चिम राजमार्ग अन्र्तगत पुर्वि चितवनको खैरहनीमा आज सांझ भएको सवारी दुर्घटनामा परी एक युवती गम्भिर घाईते भएकी छन् । ईलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारी अनुसार पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ८ ख ३०२४ नम्वरको ट्यांकरले सोहि दिशा तर्फ जादै गरेको ना ४४ प ५१२२ नम्वरको मोटरसाईकल लाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भिर घाईते हुनेमा मोटरसाईकलमा सवार खैरहनी १० चितवन निवासी अन्दाजी २२-२३ बर्षिया सृजना चौधरी रहेकी छन् । घाईते लाई उपचारको लागी भरतपुर पठाईएको प्रहरीले जनाएको छ । मोटरसाईकल लाई ठक्कर दिने ट्यांकर सहित चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !