चन्द्रप्रकाश अर्याल, पाल्पा। गुल्मीमा भएकाे माेटरसाइकल दुर्घटनामा पाल्पाका युवा सुदन पाण्डेयकाे मृत्यू भएकाे छ । गुल्मीमा जीपको ठक्करबाट हिजो मोटरसाइकल चालक तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षका सुदन पाण्डेको मृत्यु भएको छ ।

धुर्कोटबाट तम्घास आउँदै गरेको भे १ च १९४३ नम्बरको जीपले रेसुङ्गा नगरपालिका–४ अर्खलेमा लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परी जीपमा सवार चार जना घाइते भएका छन् ।

मोटरसाईकल सडक देखि तल खसेको छ भने जीप वाटोमै पल्टिएको गुल्मी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !