एजेन्सी । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोमले बिहिवार कोरोनाको डेल्टा भेरिएन्ट तीब्र फैलावट र प्रारम्भिक चरणप्रति चेतावनी दिएका छन् ।

उनले भनेका छन्, “दुर्भाग्यका साथ हामी कोरोनाको तेस्रो लहरको प्रारम्भिक चरणमा छौं । यो डेल्टा भेरिएन्ट तीब्र गतिमा फैलिरहेको छ । मानिसहरुले नियमको पालना सही तरिकाले नगरेकाले योबाट मर्ने र संक्रमित हुनेहरुको बढिरहेको छ ।”

डा. टेड्रोसले डेल्टा भेरिएन्ट तीब्र गतिमा १ सय ११ देशहरुमा फैलिएको जनाएका छन् । यो अझै तीब्र गतिमा फैलने जिकिर पनि उनको छ । उनले सेप्टेम्बरसम्ममा हरेक देशले कम्तिमा १० प्रतिशत आफ्ना नागरिकहरुलाई खोप लगाइसक्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !