सप्तरी । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक ७५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–५ का ७५ वर्षीय सरयोग राय रहेका छन् ।

बुधवार साँझ स ४ प ९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा रायको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभयो ।

सोही ठाउँका मोटरसाइकल चालक २१ वर्षीय रघुनन्दन रायलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस !