शिशिर सिंखडा, चितवन । राष्ट्रिय युवा संघ नेपाल कालिकाद्वारा आज प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन गर्दै र्याली तथा नाराबाजी सहित कोणसभा गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल कालिकाको कार्यालय कालिका-७, सगुनटोलबाट शुरु भएको र्याली खोलेसिमल बजारमा पुगि कोणसभामा परिणत भएको थियो ।  सो सभा लगतै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला दहन समेत गरेका थिए । युवाहरूले सो पुत्ला दहन गर्दै प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा मुर्दाबाद, नेकपा एमाले जिन्दावाद, सर्बोच्चको असम्बैधानिक कदम मुर्दाबाद लगायतका नारा लगाएका थिए । सो बिरोध सभामा नेकपा एमाले कालिका नगर ईन्चार्ज टिकाराज रिजाल, नगर अध्यक्ष केशव लामा, सचिब शुदर्शन अधिकारी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य लक्ष्मण पौडेल, नेकपा एमाले युवा फाँट कालिका इन्चार्ज हिम्मत पुरी, राष्ट्रिय युवा संघ नेपाल कालिकाका संयोजक पुर्ण चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !