काठमाडौँ । आज देशभर कोरोना भाइरसबाट २ हजार ३ सय ९८ जना संक्रमित भएका छन् ।

७ हजार ५८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ६ सय ३९ जना तथा ३ हजार ९ सय ५४ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५९ जना गरी जम्मा २ हजार ३ सय ९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

देशभरबाट गएको २४ घण्टामा २ हजार ७८ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् ।

आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ९४ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

देशभरि आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ हजार ४ सय १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !