काठमाडौं । एमाले कार्यदलले सहमति गरेको २४ घण्टा नबित्दै बरिष्ठ नेता माधवकुमार नेपालले आफू कांग्र्रेस सभापति शेरबहादुर देउवाकै पक्षमा रहेको प्रष्ट पार्नुभएको छ ।

सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको फैस्लाको स्वागत र प्रसंशा गर्दै नेपाल कांग्रेस नेतृत्वको मोर्चामै आफू रहेको प्रष्ट पार्नुभएको हो । फैसलालगत्तै नेता नेपालले मृत्युशैय्यामा पुगिसकेको संसद्लाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै प्रशंसा गर्नुभएको हो । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य रहेको बताउनु भयो ।

‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ,’ आफू देउवातिरै रहेको प्रष्ट पार्दै नेपालले भन्नुभएको छ । उहाँलेसर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको टिप्पणीसमेत गर्नुभयो । ‘अदालतले संविधानको रक्षा गरेको छ । मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !