काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतले दिएको कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश कार्यान्वय हुन सम्भव नरहेको बताउनुभएको छ । सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उहाँले यो परमादेश कार्वान्वयन गर्न असम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, ‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको विरुद्ध बिरोध जनाउ । आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुकेको दिन। निर्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन । व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्यायमूर्तीका नामधारीहरुले हातमा लिएको क्षण। अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्वान्वयन गर्न असम्भव छ ।’

प्रतिक्रिया दिनुहोस !