चितवन । अमेरिकामा ब्यबसाय गर्दै आउनु भएका रत्ननगर– २ निवासी सम्यक श्रेष्ठले असाहाय वृद्ध कल्याण समाज र गायत्री शर्मा अशक्त मानव सेवा ट्रष्टलाई सहयोग गरेका छन । नेवाज मल्टिप्रपोज सोसाइटी मार्फत उनले रत्ननगर–१३ स्थित सो सस्थाहरुलाई सहयोग गरेका हुन् । उनले सोसाइटीलाई १ लाख रुपैया सहयोग गरेका हुन ।

नेवाज मल्टिप्रपोज सोसाइटीले निरकला शर्मा सस्थापक अध्यक्ष रहेको असाहाय वृद्ध कल्याण समाजमा ४० हजार रुपैयाँको खाद्यान्न तथा गायत्री शर्मा अशक्त मानव सेवा ट्रष्टलाई २५ हजार ५ सय ५५ रुपैयाँ नगद सहयोग गरिएको नेवाज मल्टिप्रपोज सोसाइटीका संयोजक देबेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सो १ लाख रुपैयाँ मध्ये बाँकी रकम पनि यस्तै सामाजिक सस्थामा सहयोग गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

सो हस्तान्तरण कार्यक्रममा नेवाज मल्टिप्रपोज सोसाइटीका संयोजक देबेन्द्रकुमार श्रेष्ठ त्यसैगरी दिनोज श्रेष्ठ, नरेन्द्र श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, गोपाल श्रेष्ठ, सुर्यलक्ष्मी श्रेष्ठ, इन्दिरा श्रेष्ठ, पुर्व राष्ट्रिय फुटबल खेलाडी सुर्यमान श्रेष्ठ (कालु दाई) लगायतको उपस्थिति रहेको थियो ।

सो नेवाज मल्टिप्रपोज सोसाइटी  मार्फत कोरोना कहरमा रत्ननगर र कालिकाका गरि १ हजार भन्दाबढि घरपरिवार लाई खाद्यान्न सहयोग गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !