चितवन । पौडी खेल्ने क्रममा डुबेर चितवनको माडीमा हुम्लाका एक युबकको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका स्थाई घर भै चितवन माडी स्थित दिवाकर प्राबिधिक शिक्षालयमा अध्ययनरत २१ बर्षिय हिम्मत शाहीको आज दिउसो करिब १२:३० बजे रिऊ खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभयो । शाही सहित ६ जना पौडी खेल्न सो खोलामा गएकोमा अन्य ५ जना साथीहरु भने सकुशल रहेका छन । मृतक हिक्मत शाही खोलाले बगाई डुबि बेपत्ता भएकोमा स्थानीय र प्रहरी सहितको टोलीले खोज तलास गर्दा दिउँसो १ बजे रिउ खोलामा मृत अवस्थामा फेला परेको प्रहरी प्रबक्ता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !