चितवन । कालिका वडा नं-६ मा रहेको मनकामना दुग्ध उत्पादक सहकारी सस्थाको नवनिर्मित भवनको बागमती प्रदेश सांसद तथा शिक्षा, स्वास्थ तथा कृषि समितिका सभापति घनश्याम दाहालले उद्धघाटन गर्नु भएको छ । सस्थामा निर्मित ३ कोठे भवनको आज आयोजित एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो । कुल २३ लाख ६६ हजार रुपैयाँमा निर्माण भएको भवनको प्रदेश साम्सद दाहालले साम्सद बिकास कोषबाट १७ लाख, कालिका नगरपालिका द्वारा ५ लाख र नपुग रकम सस्थाको लगानीमा सो भवन निर्माण सम्पन्न भएको हो । सस्थाका अध्यक्ष लक्ष्मीनारायण चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिब किशोर बगाले लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो। सोही अबसरमा प्रदेश सरकारको तर्फबाट किसानलाई आर्थिक बर्ष २०७६/७७ मा उपलब्ध गराईने प्रति लिटर २ रुपैया अनुदान समेत प्रदान गरिएको थियो ।   

प्रतिक्रिया दिनुहोस !