काठमाडौँ । नेकपा एमालेको विवाद समाधानका लागि गठित १० सदस्यीय कार्यदलको बैठक बस्दैछ । दिउँसो सिंहदरबारमा बस्ने बैठकले सहमतिको अन्तिम खाका तयार पार्ने बुझिएको छ ।

यसअघि हिजै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलपछि नेता सुरेन्द्र पाण्डेले बिहीबार सहमतिको काम सकिने जानकारी दिनुभएको थियो । शक्ति बाँडफाँडको विषय आन्तरिक समझदारीमा हुने भएकाले एमाले मिलेको सन्देश दिन संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भएको छ ।

हिजो बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको र आज अन्तिम रुप दिइने नेताहरुले बताएका छन् । कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरु पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस !