काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।

 

पार्टी एकताका लागि गठित कार्यदलले सहमतिको मस्यौदा बनाउँदै गर्दा दुई शिर्ष नेताहरु वार्तामा बसेका हुन् ।

स्रोतका अनुसार नेता नेपाल सात बजे मेरियट होटलमा पुगेका थिए । त्यसको केहीबेरमा ओली पुगेपछि वार्ता सुरु भएको छ । दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ ।

प्रतिक्रिया दिनुहोस !