काठमाडौँ । नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठक सकिएको छ । बुधबार सिंहदरबारमा बसेको एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक केही समय बसेर सकिएको हो । बैठक सकारात्मक भएको वार्ता टोलीका सदस्य नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे ।

विवाद समाधान निष्कर्षउन्मुख भएको र भोलिसम्ममा एउटा निष्कर्षमा पुग्ने ज्ञवालीले जानकारी दिनुभयाे । ज्ञवालीले भन्नुभयाे, ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’,। एमालेभित्रको विवाद मिलाउन पछिल्लो तीन दिनदेखि दुवै पक्षका नेता लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस !