रबि रेग्मी, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा किसानलाई १८ हजार फलफुलको बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाको कृषि विकास शाखाले किसानलाई कागती, सुन्तला र जुनारको बिरुवा ५०% अनुदानमा उपलब्ध गराएको हो ।

गाउँपालिकाको कृषि शाखाले संघिय सरकारबाट हस्तान्तरित सशर्त तर्फ राष्ट्रिय फलफुल विकास कार्यक्रम फलफुल दशक अन्तरगत अनुदानमा स्थानियलाई बिरुवा वितरण गरेको कृषि शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले बताउनु भयो ।

त्यस्तै गाउँपालिकाले पालिका भित्रका ४५ जना किसानलाई ८५% अनुदानमा प्लाष्टिक पोखरीको लागि प्लाष्टिक र सिँचाइ पाइप समेत वितरण गरेको छ ।

आज गाउँपालिकाको वडा नं ६ मा एक कार्यक्रम आयोजना गरि किसानलाई बिरुवा वितरण गरेको छ । भन्ने अन्य वडामा पनि वितरणको तयारीमा रहेको छ ।

बिरुवा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर राना मगर, प्रमुख प्रशासकीय अधिकृत पुरन गुरुङ, कृषि शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराई र वडा नं ६ का वडाअध्यक्ष जीवन गुरुङको उपस्थित रहेको थियो ।

गाउँपालिकाले ९ सय ९० वटा सुन्तला, १६ हजार ५ सय ७५ वटा कागती र २ सय ९५ वटा जुनारको बिरुवा वितरण गरेको छ ।

गाउँपालिकाले फलफुलको बिरुवा आवश्यक पर्ने कृषक, कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई विवरण दिन सूचना खुलाइएको थियो र त्यस सुचनामा परेको निवेदन अनुसार फलफुलको बिरुवा खरिद गरेर वितरण गरिएको कृषि शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !