चितवन । कोमल हृदय प्रतिष्ठान, काठमाडौंद्वारा सिद्धिका बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । गत बिहीबार आएको अविरल बर्षा पछीको बाढी र पहिरोले प्रभावित  कालिका ११ का ६८ घर परिवारलाई आज १ बोरा चामल, दाल, नुन, तेल सहयोग गरिएको हो ।
सो अबसरमा कालिका- ११ का वडा अध्यक्ष दामाराम प्रजा, कोमल हृदय प्रतिष्ठानका चितवन को-अर्डिनेटेर ईश्वरकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरि सोही सस्थाले ४ दिन अगाडी पनि इच्छाकामना गाउँ पालिका-७ र कालिका-७ का ७५ घर परिवारलाई पनि सोही प्रकारको सहयोग गरिएको प्रतिष्ठानका चितवन को-अर्डिनेटेर ईश्वरकुमार श्रेष्ठले जानकारी दिए ।
प्रतिष्ठानका केन्द्रिय अध्यक्ष अर्जुन ढकालले बिपत्तिमा परेका हरुलाई केहि मात्रामा भए पनि सहयोग गरौ भन्ने भावनाले जिल्ला को-अर्डिनेटेर ईश्वरकुमार श्रेष्ठलाई तत्काल सहयोग गर्न अनुरोध गरि सो सामाग्री उपलब्ध गराएको जानकारी दिनुभयो ।
 सो सस्थाले यस अगाडी पनि चितवनका विभिन्न बिपन्न बस्तीमा सहयोगहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !