गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले कुन बार कुन पालिकाको काम हुने भन्ने तोकेको छ ।

लामो समय बन्द भएर कार्यालय खुल्दा सेवाग्राहीको भिड हुन सक्ने भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
आइतबार र सोमबार गोरखा नगरपालिका, आरुघाट, धार्चे गाउँपालिकाको नागरिकले सेवा लिन सक्नेछन भने मंगलबार र बुधबार पालुङटार नगरपालिका, सिरानचोक, गण्डकी गाउँपालिकाको काम हुने छ ।
बिहीबार र शुक्रबार भिमसेन थापा, शहिद लखन, बारपाक सुलिकोट, अजिरकोट र चुमनुब्री गाउँपालिकाको नागरिकले सेवा लिन सक्नेछन ।

यसरी स्थानिय तहलाई बार अनुसारको काम गरिदिँदा भिडभाड नहुने, काममा सहजताका साथै सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गराउन सकिने प्रजिअ शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस !