फुङ्लिङ । नेकपा एमाले पार्टीका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश कुमार भट्टराईले पत्रकारको क्षमता विकास गर्न रु एक लाख उपलब्ध गराउनुभएको छ ।

नेपाल पत्रकार महसङ्घ ताप्लेजुङ शाखाले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो । जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास गर्नका लागि आर्थिक सहयोग गरिएको हो ।

जिल्लामा बसेर व्यावसायिक पत्रकारिता गर्ने पत्रकारको क्षमता वृद्धि गर्न सो रकम खर्च गर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष आनन्द गौतमले बताउनुभयो । भट्टराईले विगतदेखि नै ताप्लेजुङका पत्रकारको क्षमता विकासका लागि सहयोग गर्दै आउनुभएको छ

प्रतिक्रिया दिनुहोस !