काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कात्तिक २७ गतेदेखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय निर्देशन समितिको बैठकले कात्तिक २७, २८, २९ र ३० गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशनका लागि वडा/गाउँ/नगर/प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भाद्र मसान्तसम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सक्रिय सदस्यता वितरण भदौ मसान्तसम्म सक्ने पनि बैठकले निर्णयले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस !