चितवन । राष्ट्रिय युवा संघ नेपालका युवाहरुद्वारा हर्क बहादुर गुरुङको  परिवारलाई १० हजार रुपैया नगद सहयोग गरिएको छ । कालिका -८, गंगटेका गुरुङको ५९ बर्षको उमेरमा हिजो असामयीक निधन भएको थियो । बिपन्न गुरुङ परिवारलाई सो नगद रकम युवा संघका तर्फबाट जिल्ला सदस्य जीवन अधिकारीले मृतक गुरुङका छोरा पुष्प गुरुङलाई हस्तान्तरण गरेका थिए । युवा संघका जिल्ला सदस्यद्व्य देवा तामाङ, नगेन्द्र गिरी सहितका युवाहरूको सो रकम हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो।   

प्रतिक्रिया दिनुहोस !