पुजा ढकाल, खैरहनी । टिम चैनपुरका युवाहरुले रसैलीका बाढी पीडितलाई खाद्यान्न सहयोग गरेका छन् ।

करिब ४ दिन देखी परेको अविरल बर्षाका कारण बिहीबार लदरी खोलामा भीषण बाढी आएको थियो । उक्त बाढीले राप्ती नगरपालिका रसौलीका ३ घर बगाएको थियो । सेवा नै धर्म हो भन्ने मुल नाराका साथ अगाडी बढेका टिम चैनपुरका युवाहरु उक्त खबर पाएपछि शुक्रबार साझ राहात सामाग्री लिएर रसौली पुगेको टिमका संयोजक बिज्ञान न्यौपाने बताए । न्यौपानेका अनुसार उनीहरूले प्रत्येक घर १५ केजी चामल, नुन, आलु, दाल, तेल, साबुन, सोयाबिन, भुजा गरी ३ घरलाई सहयोग गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस !