शिशिर सिंखडा, चितवन । नेपाली सेनाको सिंहनाथ गण (कमाण्डो), शक्तिखोरद्वारा कालिका नगरपालिकाको वडा नं. १० र ११ को सिद्धिको बाढीग्रस्त क्षेत्रमा उद्वार कार्यमा खटिनुका साथै  कालिका- न्युरेनी पुल अस्थायी रूपमा निर्माण गराई पैदल यातायातमा सहजता ल्याएको छ । सेनाको टोलिले आज बिहानै देखि कालिका-१० को तिनदोभान बजार तथा आसपासका क्षेत्रमा पुगि बाढी तथा पहिलोग्रस्त घरहरुबाट सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरेको थियो । तिनदोभान बजार नजिकैको कयरखोलामा ढुङ्गा हालेर अस्थायी रूपमा खोलालाई मुलधार तर्फ फर्काउने काम समेत सेनाले गरेको थियो ।

त्यस्तै कयर खोलाको बाढीले हिजो क्षती पुर्याएको कालिका- न्युरेनी पक्की पुललाई पनि अस्थायी रूपमा सेनाले सञ्चालनमा ल्याएको छ । नपाली सेनाको सिंहनाथ गणका सेनाहरुले सो पुलमा बाँसको पुल बनाई पैदल आगमनलाई सुचारु गराएका हुन । हिजोको बाढीले सो पुलको डाईभर्सन बगाँउदा कालिका वडा नं.८ को न्युरेनी, देवीटार, अजिङ्गरे गाउँमा यातायात सम्बन्ध टुटेको थियो ।

प्रतिक्रिया दिनुहोस !